काठमाडौं, २५ फागुन । पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलन्दर्स आज इस्लामावाद युनाइटेडसँग भिड्दै छ ।
नेपाली समयअनुसार बेलुका साढे ८ बजे सुरु हुने खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ । प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामावाद दुवैका लागि खेल जित्न आवश्यक छ । लिगमा इस्लामावादको यो अन्तिम खेल हो । सन्दीप आवद्ध लाहोरले भने अझै एक खेल बाँकी छ ।
९ खेलबाट इस्लामावादको ८ र ८ खेलबाट लाहोरको ६ अंक छ । लाहोर साविक विजेता इस्लामावादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली कराँची पुगेका छन् ।
यूएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ । सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।
The post इस्लामावाद युनाइटेडसँग भिड्दै सन्दीपको टोली लाहोर कलन्दर्स appeared first on Sajha Post.