Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर सिटीको सहज जित, लिभरपुलसँगको अंकदुरी बढ्यो

$
0
0

काठमाडौँ, २६ फागुन । गएराति भएको प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ३-१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा रहिम स्ट्रलिङले ह्याट्रिक गरे । उनले खेलको ४६ औं, ५० औं र ५९ औं मिनेटमा गोल गरे ।

खेलको ६६ औं मिनेटमा वाट्फोर्डका जेर्राड डेउलोफेउले एक गोल फर्काए ।

यो जितसँगै सिटीले लिगमा दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ । वाट्फोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।

The post म्यानचेस्टर सिटीको सहज जित, लिभरपुलसँगको अंकदुरी बढ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles