काठमाडौँ, २६ फागुन । गएराति भएको स्पेनिस ला लिगा बार्सिलोनाले रायो भालेकानोलाई ३-१ गोल पराजित गरेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा भालेकानोले २४ औं मिनेटमा टोमसले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ३८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
खेलको ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल बार्सिलोनालाई अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा स्वारेजले गोल गरे ।
सहज जित निकालेको बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ । सात अंकको दुरी बनाएको बार्सिलोनाले उपाधि जित्ने सम्भावना पनि उत्तिकै प्रवल देखिदै आएको छ । बलियो बनाएको छ ।
दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ ।
The post बार्सिलोनाले सानदार कमव्याक गर्दा रायो भालेकानो पराजित appeared first on Sajha Post.