काठमाडौँ, २६ फागुन । आज राति म्यानचेस्टर युनाइटेड र आर्सनल आमने सामने गर्दैछन् ।
शिर्ष चारमा स्थान बनाउन दुवैलाई खेल जित्नै पर्ने दबाब रहेको छ । पछिल्लो समय म्यानु लयमा रहेको छ ।
म्यानुले प्रिमियर लिगमा ओले गनर आएपछि एक खेल पनि पराजित भएको छैन ।
च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध सानदार कमव्याक गरेको उत्साह थप म्यानुलाई उच्च मनोबल दिने बताइएको छ ।
आर्सनलको घरेलु मैदानमा हुने खेलमा म्यानुले जित्ने समिक्षकहरु बताउँछन् ।
इमरीको आर्सनलले स्थितर खेल प्रदर्शन नगरेका कारण पनि म्यानुले जित्ने सम्भावना बलियो भएको उनीहरुको दाबी छ । म्यानुको २९ खेलमा ५८ अंक रहेको छ भने आर्सनलको ५७ अंक रहेको छ ।
The post आर्सनल भर्सेस म्यानचेस्टर युनाइटेड appeared first on Sajha Post.