काठमाडौँ, २६ फागुन । च्याम्पियन्स लिगको दोस्रो चरण लिगमा बार्सिलोनाले लियोनसँग आमने सामने गर्दैछ ।
यस सिजन उच्च फर्ममा रहेको बार्सिलोनाका लागि डेम्बेले फिट नरहेको बताइएको छ ।
समिक्षकहरुका अनुसार बार्सिलोनाकालागि कोटिन्होभन्दा पनि डेम्बेले प्रमुख खेलाडी रहेका छन् ।
कोटिन्होको खेल खासै प्रभावकारी नभएका कारण लियोनविरुद्ध डेम्बेलेको अभाव खट्कीने अनुमान गरिएको छ ।
यस सिजनको सुरुवातमा विवादमा रहेता पनि पछि उनी लयमा फर्किएका थिए ।
उनी प्रशिक्षकको पहिलो रोजाइमा पर्न सफल भए । रियल भालाकानोविरुद्ध भएको खेलमा उनी घाइते भएपछि लियोनविरुद्ध उनी नखेल्ने सम्भावना बलियो भएको हो ।
The post कोटिन्होभन्दा पनि डेम्बेले बार्सिलोनाका लागि आवश्यक appeared first on Sajha Post.