काठमाडाैं, २६ फागुन । अर्जेन्टिनामा आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडाको सामना गर्ने भएको छ । आयोजकले निकालेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडालाई प्रतिद्वन्दी पाएको हो ।
तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले क्यानडासँग अप्रिल १ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासँग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससँग खेल्नेछ ।
समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।
The post विश्वकप फुटसल : नेपालको पहिलो खेल क्यानाडासँग appeared first on Sajha Post.