Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आर्मीलाई

$
0
0


काठमाडौं, २७ फागुन । विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक झापा–११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।

डोमालाल राजवंशी रंगशालामा झापालाई उपाधि दिलाउन आर्मीका सन्तोष तामाङले दुई गोल गरेका थिए । कप्तान भरत खवास, नवयुग श्रेष्ठ र टेक बुढाथोकीले एक एक गोल गरे ।
उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजारमा चित्त बुझाएको छ ।

The post चौथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आर्मीलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles