Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

$
0
0

काठमाडौं, १४ चैत । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप अन्तरर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले पाकिस्तानको यू-२३ टिमलाई १८० रनको लक्ष्य ४५ औं ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानी टोलीलाई जित दिलाउन इमाम उलहक नायक सावित भए । उनले १३५ बल सामना गर्दै १०४ रनको शतकीय पारी खेले । त्यस्तै हमाद आजमले अविजित २२ रन बनाए ।

नेपालका शुरुवाती ब्याट्सम्यान टिक्न नसक्दा नेपालले न्यून स्कोर मात्र बनाउन सकेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनले क्रमश ३ र ४ रन बनाएछि खस्किएको पारीलाई सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । सुनिलले ४३ र शरदले ३८ रनको योगदान गरेका थिए भने
विकेटकिपर तथा ब्याट्सम्यान विनोद भण्डारीले २२ रन जोड्दा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले क्रमश: १८ र १४ रन बनाएका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट लिए भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट हासिल गरे ।

The post पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles