Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य प्रस्तुत

$
0
0

काठमाडौं, १५ चैत । बंगलादेशमा जारी एसिसी इमर्जिङ कप अन्तर्गतको दोस्रो खेलमा नेपाललाई बंगलादेशले २५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । निर्धारित ओभरमा बंगलादेशले ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो ।

सुरुवाती ब्याट्सम्यान खासै टिक्न नसके पनि कप्तान मोमिनुल हक र नसिर हुसेनले पारी सम्हाले । छैटौं नम्बरमा आएका हुसेनले ११५ बलको सामना गर्दै १०९ रनको शतकीय पारी खेल्दा कप्तान हकले ६१ रनको योगदान गरे ।

सन्दिप लामिछानेले दुई विकेट लिए भने कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र मेहवुव आलमले समान एक/एक विकेट लिए ।

The post बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images