काठमाडौँ, ८ चैत । एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान एट्लेटिको छोड्ने तयारीमा रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार एकपछि अर्को सिजन उपाधि बिहिन भएपछि उनी यस सिजनको अन्त्यसँगै क्लब छोड्न लागेको बताइएको छ ।
गएको सिजन उनी बार्सिलोना जाने व्यापक हल्ला चलेको थियो ।
बार्सिलोनाले उनलाई अनुबन्ध गर्न तीनपटकसम्म प्रस्ताव राखेको थियो ।
तर, उनले एट्लेटिकोमै रहन चाहेको बताएका थिए । तर, क्लब यस सिजन पनि राम्रो नभएपछि उनले क्लब छोड्न चाहेको बताइएको छ । उनी बार्सिलोना जाने पुनः चर्चा चलेको छ ।
The post एट्लेटिको मड्रिड छोड्ने तयारीमा एन्टोनियो ग्रिजम्यान appeared first on Sajha Post.