विराटनगर, ८ चैत । पाँचौ महिला साफ च्याम्पियनसिपको फाइनलमा आज नेपाल र भारत भिडिरहेका छन् । पहिलो हाफको समाप्तिमा खेल १-१ को बराबरीमा छ । विराटनगरस्थित सहिद मैदानमा जारी खेलमा भारतले अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै नेपाल उपाधि होडमा फर्किएको हो ।
खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेलले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।
डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको नेपालले खेलमा भारतलाई दवावमा राखेको थियो । दोस्रो हाफ केही बेरमा सुरु हुने बताइएको छ ।
The post महिला साफ च्याम्पियनसिप : भारत र नेपाल १-१ को बराबरीमा appeared first on Sajha Post.