Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीले रोक्न सकेनन् अर्जेन्टिनाको पराजय

$
0
0


एजेन्सी, ९ चैत । क्लब फुटबलबाट संसारभरी ख्याती कमाएका लियोनेल मेसी राष्ट्रिय टिममा भने खासै जम्न सकिरहेका हुँदैनन् । यसपटक पनि भयो यस्तै । त्यसो त, फुटबल टिम वर्क पनि हो । जितको लागि टिम वर्क नै राम्रो हुनुपर्छ । तैपनि नियमित कप्तान लिओनेल मेसी विश्वकपपछि टोलीमा फर्किएपछि फरक आशा हुनु स्वभाविकै हो । तर, मेसी पुनरागमनको पहिलो खेलमा अर्जेन्टिना भेनेजुएलासँग ३-१ ले पराजित भयो ।

अर्जेन्टिना रुसमा सम्पन्न फिफा विश्वकपका दौरान राउन्ड अफ १६ मै फ्रान्ससँग पराजित भएको थियो । उक्त खेलपछि मेसीले त्यसयता भएका ६ अन्तर्राष्ट्रिय खेल खेलेनन् । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा भेनेजुएलाविरुद्ध अर्जेन्टिनाले जित निकाल्न सकेन ।

मेसी नेतृत्वलाई अर्जेन्टिनालाई चुनौती दिनेक्रममा भेनेजुएलाका सालोमोन रोन्डोनले खेलको छैटौं मिनेटमा सुरुवाती गोल गरे । त्यसैगरी पहिलो हाफको अन्त्यतिर जोन मुरिलोले अग्रता दोब्बर बनाए । ५९ औं मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले एक गोल फर्काए । तर, लगत्तै जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै भेनेजुएलालाई २ गोलले अगाडी पारे ।

अर्जेन्टिनाको हारमा प्रशिक्षक लिओनेल स्कालोनीको रणनीतिलाई पनि दोषी देखाइएको छ । उनले सर्जियो अगुएरो, गोन्जालो हिगुआइन, माउरो इकार्डीलगायत फरवार्डहरुलाई टोलीमा समावेश गरेनन् भने पाउलो डीबालालाई पनि बेन्चमा नै सीमित राखे ।

चोटका कारण कप्तान मेसी पनि मोरोक्कोविरुद्ध अर्को खेल खेल्न नसक्ने अवस्थामा पुगे पछि अर्जेन्टिनालाई थप चुनौती थपिएको छ । मेस्सीको ग्रोइनमा हल्का समस्या देखिएको छ ।

The post मेस्सीले रोक्न सकेनन् अर्जेन्टिनाको पराजय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles