Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अम्पाएरविरुद्ध क्रुद्ध बने कोहली, भन्छन्- यो आईपीएल हो, गल्ली क्रिकेट होइन

$
0
0


एजेन्सी, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) को सातौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर ६ रनले पराजित भयो । बेंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गरेको खेलमा रेफ्रीको भूमिकाप्रति कप्तान विराट कोहली आक्रोशित देखिएका छन् ।

प्रसंग हो विहिवार राती सम्पन्न खेल । उक्त खेलमा बेंग्लोरले १ सय ८८ रनको लक्ष्य पछ्याएको थियो । उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन जोड्यो ।

खासमा भएको के हो भने अन्तिम ओभरमा बेंगलोरलाई जितको लागि १७ रन चाहिएको थियो । बलिङमा आएका दिल्ली मुम्बईका लाथिस मलिङ्गालाई शिवम दुबेले पहिलो बलमा छक्का प्रहार गरे । तर, अन्य पाँच बलमा ४ रन मात्र जोड्न सके । अन्तिम ओभरमा छक्का, चौकाको वर्षा गर्न नसक्दा बेंगलोर पराजित हुन पुग्यो ।

कोहली रिसाउनको कारण हो प्रविधिको विरुद्ध गएर रेफ्रीले लिएको निर्णय । टेलिभिजन रिप्लेमा अन्तिम बल नोबल भएको देखिए पनि अम्पाएर नन्दन सुन्दरम रभिले नो बल दिएनन् ।

यो पराजय बेंग्लोरले बेहोरेको दोस्रो पराजय हो यो सिजनको आइपिएलमा । खेल सकिएलगत्तै पत्रकार सम्मेलनमा पुगेका कप्तान कोहली अम्पायरप्रति क्रुद्ध देखिए । ‘हामी आईपीएल स्तरको क्रिकेट खेली रहेका छौं, क्लव र गल्ली स्तरको होइन,’ उनले भने, ‘अम्पाएरले आँखा खोल्न आवश्यक छ । अन्तिम बलको निर्णय हाँस्यास्पद छ । मलाई केहि थाहा छैन यो केहि भई रहेको छ । मुम्बई र मलिङ्गा भाग्यमानि रहेछन् ।’

The post अम्पाएरविरुद्ध क्रुद्ध बने कोहली, भन्छन्- यो आईपीएल हो, गल्ली क्रिकेट होइन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles