काठमाडौँ, २१ चैत । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिड भ्यालेन्सियासँग २-१ गोलले पराजित भएको छ । जिदानले जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो हार हो ।
भ्यालेन्सियाका लागि गोनकालो गुएडेस र इजीकुइएल गारेले एक एक गोल गरेका थिए । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
ला लिगामा बलियो टोली मानिएको भ्यालेन्सियासँग हारेको रियलको ३० खेलबाट ५७ अंक रहेको छ । पाँचौ स्थानको भ्यालेन्सियाको ४६ अंक रहेको छ ।
The post जिदानलाई पहिलो झट्का appeared first on Sajha Post.