काठमाडौं, २२ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अन्र्तगत आज किंग्स इलेभन पञ्जाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदैछ ।
आज हुने एक मात्र खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ । बैंगलोरस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल पञ्जाव रविचन्द्र अश्विन र बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ ।
४ खेलबाट ६ अङ्क जोडेको पञ्जाव अङ्क तालिकाको दोस्रो स्थानमा छ । समान खेल खेलेको बैंगलोरले अहिले सम्म कुनैपनि अङ्क जोड्न सकेको छैन र तालिकाको पुछारमा रहेको छ ।
The post आईपीएलः आज पञ्जाव र बैंगलोर भिड्दै appeared first on Sajha Post.