काठमाडौँ, २५ चैत । इण्डियन प्रिमियर लिगमा कोलकत्ताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । यो जितसँगै कोलकत्ताले लिगमा चौंथो जित निकाल्न सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले १४० रनको लक्ष्य कोलकत्तालाई दिएको थियो । तर, कोलकत्ताले १३ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कोलकत्ताको जितमा क्रिस लीनले ५० रन, सुनिल नारिनेले ४७ रन, रोविन उथप्पाले २६ रन, सुबमन गिल ६ रन जोड्न सफल भएका थिए ।
राजस्थानका श्रेयस गोपालले २ विकेट लिए ।
राजस्तानले २० ओभरमा ३ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । राजस्थानका लागि स्टिभ स्मिथले ७३ रन, जोस बट्लरले ३७ रन जोडेका थिए ।
कोलकत्ताका ह्यारी गुर्नेले २ विकेट लिए ।
कोलकत्ताले ५ खेलबाट ८ अंक जोडेको छ । ५ खेल खेलेको राजस्थानको २ अंक रहेको छ ।
The post इण्डियन प्रिमियर लिग: कोलकत्ताको चौंथो जित appeared first on Sajha Post.