काठमाडौँ, २५ चैत । इडिन हजार्डलाई यस सिजन सकिनु पुर्व नै अनुबन्ध गर्न रियल मड्रिड तयार रहेको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार रियलले इडिन हजार्डलाई अनुबन्ध गर्न करिब १०० मिलियन पाउण्डको अफर गरेको बताइएको छ । चेल्सीमा खासै खुसी नभएका कारण पनि हजार्ड क्लब छोड्न चाहेको यस अघि नै बताइसकेका थिए ।
तर, चेल्सी शिर्ष चारमा पर्न सके हजार्ड चेल्सीमा नै रहन सक्ने केही समिक्षकहरुले बताएका छन् । यस सिजन ठीकठाक खेल खेलेका उनले नयाँ क्लबबाट खेल खेल्ने मनशाय भएको बताउँदै आइरहेका छन् ।
The post इडिन हजार्डलाई अनुबन्ध गर्न करिब १०० मिलियन पाउण्डको अफर appeared first on Sajha Post.