काठमाडौँ, २६ चैत । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा लिभरपुलले पोर्टोसँग आमनेसामने गर्दैछ ।
गएको सिजन च्याम्पियन्स लिगको फाइनलको यात्रा तय गरेको लिभरपुल यस सिजन च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा रहेको छ ।
गएको सिजन डिफेण्डर र गोलरक्षकका कारण लिभरपुलले च्याम्पियन्स लिगको फाइनल खेल पराजित हुन पुगेको थियो ।
ती सबै कमीकमजोरीलाई यस सिजन लिभरपुलले ठुलो धनराशी खर्चिएर सुधार गरेको छ ।
गएको सिजन पनि लिभरपुलले पोर्टोलाई लज्जास्पद हार चखाएको थियो । यस सिजन पनि लिभरपुल पुनः सोही टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
यस सिजन प्रिमियर लिग उपाधि र च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा लिभरपुल रहेको छ ।
पोर्टोमाथि सहज जित हात पार्न लिभरपुल सक्षम रहेको समिक्षकहरु बताउँछन् ।
बिगतका दिनमा पनि लिभरपुलको पोर्टोविरुद्धको रकेर्ड राम्रो भएका कारण लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनल खेल यात्रा तय गर्ने प्रशिक्षक उर्गेन क्लपले बताएका छन् ।
लिभरपुलका स्टार खेलाडीहरु सलाह, माने, फिर्मिन्हो जस्ता खेलाडीहरु उच्च लयमा रहेका छन् ।
The post च्याम्पियन्स लिगः लिभरपुल भर्सेस पोर्टो appeared first on Sajha Post.