काठमाडौं, २७ चैत । चेन्नई सुपर किंग्स १० अंकसहित इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा कोलकता नाइटराईडर्सविरुद्ध ७ विकेटको जित निकाल्दै एमएस धोनी कप्तानीमा रहेको चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
कोलकताले दिएको १०९ रनको कमजोर लक्ष्य भेट्टाउन चेन्नईले ३ विकेटको क्षतिमा १७.२ ओभर खेल्नु पर्यो । फाप डु प्लेसिस र अम्बाती रायडुले उत्कृष्ट साझेदारी चेनईको जितका लागि निर्णायक रह्यो ।
चेन्नईका लागि प्लेसिस ४३ रनसहित नट आउट रहे भने रायडुले २१ रन जोडे । त्यसैगरी शेन वाट्सनले १७ रन जोड्दा सुरेश रैनाले १४ रनको योगदान दिए । चेन्नईका लागि सुनिल नराइनले २ तथा पिउस चावलाले एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कलकत्ताले खराब सुरुवात गर्दै २० ओभर खेल्दा ९ विकेट गुमाएर केवल १०८ रन जोड्न सक्यो । कलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ५० रन जोडे पनि अरु ब्याट्सम्यान खासै चल्न सकेनन् । दिनेश कार्तिकले १९ र रविन उथप्पाले ११ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कलकत्तालाई कमजोर बनाउन चेन्नईका दीपक चहरले तीन विकेट लिँदा हरभजन सिंह र इमरान ताहिरले दुई–दुई विकेट लिए ।
The post कलकत्तालाई हराउँदै चेन्नई आईपीएलको शीर्ष स्थानमा appeared first on Sajha Post.