काठमाडौँ, २७ चैत । रियल मड्रिडलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको यात्रा तय गरेको आयाक्सले आफ्नो घरेलु मैदानमा इटालियन क्लब युभेन्ट्ससँग आमनेसामने गर्दैछ ।
यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सका लागि रोनाल्डो प्लस पोइन्ट रहेका छन् । उनले यदी युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जित्न सकेमा तीनवटा क्लबबाट च्याम्पियन्स लिग जित्ने खेलाडीको रुपमा उनी परिचीत हुनेछन् ।
यसै कारण पनि उनी इटालियन लिग खेल्न गएको बताइएको थियो । उनले च्याम्पियन्स लिगलाई विशेष महत्वका साथ लिएको समेत बताइएको छ ।
रियलको घरेलु मैदानमा रियललाई नै पछारेको आयाक्सको युवा टोलीले युभेन्ट्सलाई पछार्न सक्ने केही फुटबल समिक्षकहरुले बताएका छन् ।
तर, युभेन्ट्सको च्याम्पियन्स लिगमा लामो अनुभव भएका कारण पनि आयाक्सलाई कठिन हुने अनुमान गरिएको छ ।
एट्लेटिको मड्रिडविरुद्ध सानदार कमव्याक गर्दै युभेन्ट्सले क्वाटरफाइनलको यात्रा तय गरेको थियो । युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
The post म्याच प्रिभ्युः रोनाल्डोको च्याम्पियन्स लिग जित्ने सपनामा बाधक बन्न सक्छ आयाक्स appeared first on Sajha Post.