एजेन्सी, ३० चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यासल युनाइटेडसँग लेस्टर सिटी पराजित भएको छ ।
मियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटी घरेलु मैदान किङ पावर स्टेडियममा न्यु क्यासलसँग १–० ले स्तब्ध भएको हो ।
निकै रोमाञ्चक बनेको खेलमा ३२औं मिनेटमा आयोजी पेरेजको पहिलो गोल नै लेस्टरको हारमा निर्णायक बन्यो ।
लेस्टरले लगातार गोल फर्काउने प्रयास गरेपनि न्यु क्यासलको बलियो रक्षापंक्तिले यसलाई असम्भव बनाइदिए ।
जितसँगै न्यु क्यासल ३८ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । उता लेस्टर भने ४७ अंकसहित सातौं स्थानमा यथावत छ ।
The post इंग्लिस प्रिमियर लिगः न्यु क्यासलसँग लेस्टर पराजित appeared first on Sajha Post.