Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

यूएईविरुद्ध नेपालले प्रस्तुत गर्‍यो २४८ रनको लक्ष्य, भीम र हरिको अर्धशतक

$
0
0


काठमाडौं, ३० चैत । आईसीसी १९ वर्ष मुनिको एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले आज युनाईटेड अरब इमिरेट्सलाई २४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालको लागि हरि चौहान र भीम सार्कीले अर्धशतक जोडे । कमजोर अवस्थामा रहेको नेपाललाई लयमा फर्काउन उनीहरुले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गरे । हरि चौहानले ७५ बल खेल्दै ७ चौकासहित ६६ रन जोडे । त्यसैगरी भिम सार्की ५४ बलमा ४ चौका र २ छक्कासहित ५३ रन जोडे ।

नेपालका लागि रित गौतमले ७३ बलमा ४४ रन, रोहित पौडेलले २३ बलमा ८ रन र आसिफ शेखले ३८ बलमा २७ रन जोडे ।

ओपनरका रुपमा आएका पवन सर्राफले ९ बलमा १२ रन जोडे भने जोराले ७ बलमा ४ रन मात्र जोडे । नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको हो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किएका हुन् । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

सिंगापुरविरुद्ध जमेका रासिद खान ३ बलमा १ रन जोडेर आउट भए भने कुशल मल्ल पनि ३ बलमा १ रन जोडेर आउट भए ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित निर्धारित ५० को अन्तिम बलमा सबै विकेट गुमाउँदै २४७ रन जोडेको हो । नेपालको लागि

पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदानमा छ । नेपालविरुद्ध मैदान उत्रदा युएई पनि दोस्रो जितको खोजीमा हुनेछ ।

The post यूएईविरुद्ध नेपालले प्रस्तुत गर्‍यो २४८ रनको लक्ष्य, भीम र हरिको अर्धशतक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles