Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आईपीएलः आज दुई खेल, कुन टिमको भिडन्त कतिबजे ?

$
0
0


काठमाडौं, ३० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा आज दुई खेल हुने भएको छ । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने यी दुई टोलीबीचको खेल दिउँसो सवा ४ बजेबाट सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा किंग्स इलेभन पञ्जाव र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । चण्डिगढमा हुने यी दुई टोलीबीचको खेल राति सवा ८ बजेबाट सुरु हुनेछ ।

हालसम्म चेन्नई सुपरकिङ्ग्स अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ६ खेल जितेको र एक खेल हारेको चेन्नईसँग १२ अंक रहेको छ । कलकत्ता नाइट राइडर्सले ७ खेलमा ४ खेलमा जित र ३ खेलमा हारसहित ८ अंकसहित दोस्रो स्थानमा छ ।

मुम्बई इण्डियन्सले अहिलेसम्म ६ खेल खेल्दै ४ मा जित र २ मा हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैगरी दिल्ली क्यापिटल्स ७ खेलमा ४ खेलमा जित र ३ खेलमा हारसहित ८ अंक ल्याएर चौथो स्थानमा रहेको छ ।

पञ्जाबले खेलेको ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सनराइडर्स हैदरावाद ६ खेल खेलेर ३ जित र ३ हारसहित ६ अंकसहित छैठौं स्थानमा रहेको छ ।

राजस्थान रोयल्स भने ६ खेलमा १ जित र ५ हारसहित २ अंकसहित सातौं स्थानमा छ भने रोयल्स च्यालेन्जर्स बैंगलोर भने सबै ६ खेलमा पराजित हुँदै शून्य अंकसहित अंकतालिकाको पुछारमा रहेको छ ।

The post आईपीएलः आज दुई खेल, कुन टिमको भिडन्त कतिबजे ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles