काठमाडौं, ३० चैत । आईपीएलको जारी श्रृंखलाको शनिबार साँझ सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ ।
वानखेडे रंगशाला मुम्बईमा भएको खेलमा मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा १८८ रन जोडेको हो ।
जोस बटलरको ८९ रन राजस्थानको जितका लागि निर्णायक बन्यो । उनले ४३ बलमा ८ चौका र ७ छक्का हिर्काए । यो जितसँगै राजस्थानले यो सिजनको दोस्रो जित दर्ता गरेको छ जबकि मुम्बईले भने सात खेलमा तेस्रो पराजय व्यहोर्नु परेको छ ।
The post आईपीएलः राजस्थानद्वारा मुम्बई ४ विकेटले पराजित appeared first on Sajha Post.