Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

म्यानचेस्टर युनाइटेडको कठिन जितमा पोग्वाको दुई गोल

$
0
0

काठमाडौँ, १ वैशाख । गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्टहम युनाइटेडलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

वेस्टहमविरुद्ध कठिन जित हात पारेको म्यानु शिर्ष चारका लागि संघर्षरत रहेको छ ,। म्यानुका लागि दुई गोल नै पोउल पोग्वाले गरेका थिए । वेस्टहमका लागि एकमात्र गोल एण्डरसनले गरे ।

खेलको १९ औँ मिनेटमा म्यानुले पाएको पेनाल्टी सुदपयोग गर्दै पोग्वाले गोल गरे । खेलको ४९ औ मिनेटमा वेस्टहमले बराबरी गोल फर्कायो । एण्डरसनले उत्कृष्ट गोल गरेका थिए ।

खेलको ८० औँ मिनेटमा म्यानुले दोस्रो पेनाल्टी पायो । फेरि पनि पोउल पोग्वा गोल गर्न सफल भए । यो जितसँगै म्यानुको ३३ खेलबाट ६४ अंक भएको छ । वेस्टहमको ४२ अंक रहेको छ ।

The post म्यानचेस्टर युनाइटेडको कठिन जितमा पोग्वाको दुई गोल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles