Image may be NSFW.
Clik here to view.
काठमाडौँ, २ वैशाख । इंलिस प्रिमियर लिग थप रोमाञ्चक बनेको छ । यस सिजन लिभरपुल र म्यानचेस्टर सिटीबीच उपाधि दौड अन्तिम खेलसम्म देखिने अनुमान गरिएको छ ।
गएराति भएको खेलमा लिभरपुलका लागि सबैभन्दा कठिन मानिएको टोली चेल्सी पराजित भएको छ । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा चेल्सी लिभरपुलसँग २ ० गोलले पराजित भएको हो । लिभरपुललाई सहज जित दिलाउन माने र सलाहले एकएक गोल गरे ।
मानेले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५३ औँ मिनेटमा सलाहले डिबक्स बाहिर सानदार गोल गरे । चेल्सीका इडिन हजार्ड बारम्बार गोल गर्न चुके ।
यो जितसगैँ लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटिको ८३ अंक छ । पराजित चेल्सीको ६६ अंक छ ।
The post अन्ततः चेल्सी चिप्लियो, लिभरपुल शिर्षस्थानमा पुनः उक्लियो appeared first on Sajha Post.