काठमाडौँ, ४ वैशाख । आज राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा सबैभन्दा रोमाञ्चक खेल म्यानचेस्टर सिटी र टोटनहमबीच हुने अपेक्षा लिइएको छ ।
यस सिजन दुवै टोलीले आशलाग्दो खेल प्रदर्शन गरेका थिए । यस सिजन उच्च फर्ममा रहेको म्यानसिटीले पहिलो खेलमा हार भोगेको थियो ।
तर, घरेलु मैदानमा म्यान सिटीले कमव्याक गर्ने अनुमान समिक्षकहरुले बताएका छन् ।
म्यानसिटीका स्टार खेलाडीहरु डेबिड सिल्भा, सर्जियो अगुइरो, बर्नाण्डो सिल्भा, रहिम स्टलिंगजस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।
म्यानसिटीको मैदानमा टोटनहमले गोल गरेमा सिटीको च्याम्पियन्स लिगको यात्रा थप कठिन हुने अनुमान गरिएको छ ।
टोटनहमका स्टार खेलाडी सन उच्च फर्ममा रहेका छन् । उनलाई रोक्न पनि म्यान सिटीले ठुलै रणनीति अपनाउन पर्ने समिक्षकहरुले बताएका छन् ।
The post म्याच प्रिभ्युः पेप ग्वार्डीवालाको रणनीतिलाई बिफल पार्ने दाउमा टोटनहम appeared first on Sajha Post.