काठमाडौँ, ५ वैशाख । इण्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स सनराइजर्स हैदरावादसँग ६ विकेटले पराजित भएको छ ।
सिजनकै खराब खेल खेलेको चेन्नईले १३३ रनको लक्ष्य हैदरावादसामु प्रस्तुत गरेको थियो । हैदराबादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
हैदरावादका लागि जोनी बैयर्स्टो ६१ रन, वार्नरले ५० रन बनाए । इमरान ताहिरले २ विकेट लिन सफल भए ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन, सेन वाट्सनले ३१ रन जोडे । हैदरावादका राशिद खानेले २ विकेट लिए ।
शिर्षस्थानमा रहेको चेन्नईको ९ खेलबाट १४ अंक रहेको छ ।
हैदरावादको ८ खेलबाट ८ अंक भएको छ ।
The post चेन्नई ६ विकेटले पराजित appeared first on Sajha Post.