नयाँ दिल्ली, ७ वैशाख । कलकत्ता नाइटराइडर्सका अलराउण्डर आन्द्रे रसेलले आफ्नो विस्फोटक ब्याटिङको श्रेय क्रिस गेललाई दिएका छन् । रसेलले आईपीएलको यो सिजनमा २२०.४६ को स्ट्राइक रेट बनाएर खेलिरहेका छन् ।
उनी भन्छन्, ‘गेलले तीव्र ब्याटिङ गर्ने कुरामा मलाई बदलिदिए । उनले मलाई सानातिना भन्दा शक्तिशाली ब्याटिङ गर्न सुझाव दिएका छन् ।’ रसेलले ९ खेलमा अहिलेसम्म ७५.४० को औसतमा ३७७ रन बनाएका छन् । यसक्रममा उनले ३९ छक्का हिर्काएका छन् ।
रसेल भन्छन्, ‘म पहिला मिलाएर बिस्तारै ब्याटिङ गर्ने गर्दथेँ । यसबाट बल धेरै टाढा जाँदैनथ्यो । २०१६ टी-२० वर्ल्ड कपको क्रममा गेल मेरो नजिक आए र भने, ‘तिमीले योभन्दा राम्रो गर्न सक्छौ । तिमीले अहिले दह्रो ब्याटिङ गर्नुपर्छ ।’
उनले अगाडि थपे, ‘२०१६ को वर्ल्ड कप जितेपछि मेरो जिन्दगी बदलियो । मैले सेमीफाइनलमा ४३ रनको पारी खेलेको थिएँ । अब म शक्तिशाली बलिङ गर्छु । यसबाट म चारैतिर हिर्काउन सक्छु ।’
रसेल ब्याटिङका साथसाथै फिटनेसमा पनि ध्यान दिन्छन् । उनी अमेरिकामा हुने नेशनल फुटबल लिगका खेलाडीले जस्तै तालिम गर्छन् । एनएफएलका खेलाडीले गह्रुंगो तौल उठाउनुको सट्टा कम तौललाई धेरै समय उठाउँछन् ।
रसेल भन्छन्, ‘म केहि वर्ष पहिले अमेरिकाको डलास गएको थिएँ । त्यहाँ मैले एनएफएलका खेलाडीले कसरी तालिम गर्छन् भन्ने कुार देखेँ । गह्रुंगो भारी उठाउने भन्दा हलुका वस्तु लामो समय उठाउने उनीहरुको तरिका मन पर्यो । म पनि शरीर ठूलो बनाउन चाहन्नँ । यसकारण उनीहरुकै तरिका अपनाउँछु ।
उनी भन्छन्, ‘म सुस्त बलिङ गर्छु । ब्याटिङको क्रममा मेरा हातहरुको गति सुस्त हुन जान्छ । तपाई तालिक गर्ने तरिकाप्रति स्मार्ट हुनुपर्छ । म एक जंगलीजस्तै जिममा धेरै मेहनत गर्दछु । तपाईं जति बलियो हुनुहुन्छ, ब्याटिङ त्यति नै शक्तिशाली गर्न सक्नुहुन्छ ।’
The post रसेलका रोचक कुरा, विस्फोटक ब्याटिङको श्रेय क्रिस गेललाई appeared first on Sajha Post.