Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान ड्याकलाई ‘प्लेयर अफ दि इयर’को अवार्ड

$
0
0

एजेन्सी, १६ वैशाख । लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान ड्याकले प्लेयर अफ दि इयरको अवार्ड जित्न सफल भएका छन् ।

यस सिजन उच्च फर्ममा रहेका उनले म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, सर्जियो अगुइरो, बर्नाण्डो सिल्भा, चेल्सीका इडिन हजार्ड, लिभरपुलकै साडियो मानेलाई पछि पार्दै उनले यो उपाधि जितेका हुन् ।

उनले यस सिजन प्रिमियर लिगमा तीन गोल गरे भने दुई गोल एसिस्ट पनि गरेका थिए ।

उनले च्याम्पियन्स लिगमा पनि दुई गोल र दुई एसिस्ट गरेका थिए ।

लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनासँग आमनेसामने गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले यस सिजनको च्याम्पियन्स लिगको उपाधि जित्ने अनुमान समिक्षकहरुले गरेका छन् ।

The post लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान ड्याकलाई ‘प्लेयर अफ दि इयर’को अवार्ड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles