काठमाडौँ, १६ वैशाख । आइतबार साँझ भएको प्रिमियर लिगमा आर्सनललाई झट्का लागेको छ । शिर्ष चारका लागि संघर्षरत आर्सनललाई लेइसेस्टर सिटीले ३-० गोलले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा नै आर्सनल १० जना खेलाडीमा सिमित भएपछि लेइसेस्टरले दबाबपुर्ण खेल खेलेको थियो । उसका लागि योरी टेलीम्यान्सले गोल गरे ।
त्यस्तै जेम्मी भर्डीले खेलको अन्तिम समयमा दुई गोल गरे । यो जितसँगै लेइसेस्टर सिटीको ३६ खेलमा ५१ अंक भएको छ । त्यस्तै पराजित आर्सनलको ६६ अंक भएको छ ।
The post आर्सनलको आशा मर्दै appeared first on Sajha Post.