काठमाडौँ, ३० वैशाख । म्यानचेष्टर सिटीले लगातार दुई सिजनको प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । यस सिजन लिभरपुलले म्यानचेस्टर सिटीलाई कडा टक्कर दिएको थियो । सिजनको मध्यतिर आइसक्दा म्यानसिटी लिभरपुलभन्दा सात अंकले पछि परेको थियो । तर, एकपछि अर्को खेलमा लिभरपुल बराबरीमा रोकिएपछि म्यानसिटी पुनः शिर्षस्थानमा उक्लिएको थियो । अन्तिम खेलमा ब्राईटनलाई ४-१ गोलले पराजित गर्दै म्यानसिटीले यस सिजनको लिग उपाधि उचालेको हो ।
ब्राब्राईटनका लागि खेलको २७ औ मिनेटमा मुरेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, सर्जियो अग्युरोले एक मिनेटमा नै बराबरी गोल फर्काएका थिए । लापोर्टीले खेलको ३८ औ मिनेटमा गोल गरे ।
खेलको ६३ औ मिनेटमा रियाद महरेजले गोल गरे । खेलको ७२ औ मिनेटमा गुन्डोगानले गोल गरे । म्यानसिटीले बराबरी खेले वा पराजित भए लिभरपुलले उपाधि जित्ने प्रवल सम्भावना रहेको थियो जुन कुरा हुन सकेन ।
म्यानसिटीले ९८ अंक सहित लिग उपाधि जित्यो । उपविजेता लिभरपुलले ९७ अंक जोड्यो ।
The post अन्ततः म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि appeared first on Sajha Post.