बार्सिलोनाका स्टाइकर नियमार रातो मालागाविरुद्ध रातोकार्ड पाएपछि बार्सिलोनाले न्याय पाउन अदालतको ढोका ढकढकाएको छ । स्पेनिस ला लिगामा मालगासंगको खेलमा रातो कार्डको सामना गरेका नेयमारले रेफ्रीलाई व्यंग्यात्मक रुपमा ताली बजाउदै मैदान बाहिरिएका थिए ।
त्यसमा थप कारवाही स्वरुप दुई खेलमा प्रतिबन्ध गरेपछि उनले ४ खेल खेल्न नपाउने भएका छन् ।
स्पेनिस अपिल समितिले यसअघिको अपिल खारेज गरेपछि बार्सिलोनाले कासमा अपिल गरेको हो । अपिल गर्न पाउने अन्तिम दिन आज बार्सिलोनाले कासमा अपिल गरेको हो ।
The post नियमारलाई न्याय दिलाउन बार्सिलोना पुग्यो अदालतमा appeared first on Sajha Post.