एजेन्सी, ९ वैशाख । इंग्लिस प्रिमियर लिगमा बढुवा भएको च्याम्पियनसिप लिडर ब्राइटनको खेल जीवनमा अनौठो मोड त्यतिबेला आयो जब आफ्नै किपरले आत्मघाती दुई गोल गरे । त्यो पनि एउटै खेलाडीको प्रहार रोक्ने क्रममा ।
किपरबाट दुई आत्मघाती गोल भएपछि लिडर ब्राइटनले लिगका दुई खेल बाँकी हुँदा नै उपाधि जित्ने मौका गुमाएको छ । च्याम्पियनसिप अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्राइटन नर्विच सिटीसँग २–० ले पराजित भएको हो ।
उक्त खेलमा दुवै गोल ब्राइटनका गोलरक्षकले आत्मघाती गोल गरेका हुन् । पहिलो हाफमा ब्राइटनका लागि घातक बन्यो । १८ औं मिनेटमा ब्राइटनका गोलरक्षक डेविड स्टोकडालेले नर्विचका एलेक्स प्रिट्चार्डको प्रहार वचाउने क्रममा आत्मघाती गोल गरे । यसैगरी ३९ औं मिनेटमा प्रिट्चार्डकै प्रहार जोगाउने क्रममा स्टोकडालेले दोस्रो आत्मघाती गोल गरे ।
ब्राइटनले यो खेल जितेको भए दुई खेलअघि नै च्याम्पियनसिपको उपाधि पक्का गर्न सक्ने थियो । शीर्ष स्थानको ब्राइटनको ४४ खेलबाट ९२ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको न्युक्यासलको ८५ अंक बटुलिसकेको छ ।
यसअघि च्याम्पियनसिप अन्तर्गत गएको सोमबार राति भएको खेलमा विगानलाई २–१ ले हराउँदै ब्राइटनले प्रिमियर लिगमा स्थान पक्का गरेको थियो ।
The post जब किपरले नै गरे दुई आत्मघाती गोल … appeared first on Sajha Post.