Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

सिरि ए को अन्तिम खेलमा एसी मिलानलाई नमिठो झट्का

$
0
0

काठमाडौँ, १३ जेठ । सिरि ए को अन्तिम खेलमा इन्टर मिलानले इम्पोलीलाई २-१ गोलले पराजित गर्दै शिर्ष चारमा स्थान बनाउन सफल भएको छ । यस सिजन उच्च फर्ममा रहेको इन्टरले च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको छ ।

यस सिजन च्याम्पियन्स लिगका लागि ठुलो संघर्ष गरेको एसी मिलान भने पाँचौँ स्थानमा चित्त बुझाएको छ ।

अन्तिम खेलमा स्पलसँग ३-२ गोलले पराजित भएपछि शिर्ष चारमा पर्ने उसको सपना चक्नाचुर भएको हो ।

त्यस्तै आउने सिजन युभेन्ट्स, नेपोली र एटलान्टा पनि च्याम्पियन्स लिगका लागि यसअघि नै छनोट भइसकेका थिए ।

शिर्ष स्थानमा रहेको युभेन्ट्सको ९० अंक, नेपोलीको ७९ अंक, एटलान्टकोा ६९, इन्टर मिलानको ६९ अंक रहेको छ । अन्तिम खेलमा पराजित बनेको एसी मिलानको ६८ अंक रहेको छ ।

The post सिरि ए को अन्तिम खेलमा एसी मिलानलाई नमिठो झट्का appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles