Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

एस्टन भिल्ला प्रिमियर लिगमा फर्कियो

$
0
0

काठमाडौँ, १४ जेठ । गएराति भएको च्याम्पियनसिपमा एस्टन भिल्लाले डर्बी काउन्टीलाई २-१ गोलले पराजित गर्दै प्रिमियर लिगमा प्रोमोशन भएको छ ।

अन्तिम प्ले अफ खेलमा एस्टन भिल्लाले सानदार खेल प्रदर्शन गरेको थियो । खेलको ४४ औँ मिनेटमा एस्टन भिल्लाका लागि अन्वर अल गाजीले गोल गरेका थिए ।

खेलको ५९ औँ मिनेटमा एस्टन भिल्लाका लागि जोन म्याक गिनले दोस्रो गोल गरे ।

खेलको ८१ औँ मिनेटमा मार्टिन वांगहनले गोल गरेपछि खेलमा फर्कने आशा जगाएको थियो । तर, थप गोल हुन सकेन । यसअघि नर्विच सिटी, सेफफिल्ड युनाइटेड प्रिमियर लिगमा प्रोमोट भइसकेका छन् ।

The post एस्टन भिल्ला प्रिमियर लिगमा फर्कियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles