Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘एमबाप्पे र नेयमार पिएसजीमा नै रहने कुरामा म विश्वस्त छैन’

$
0
0

काठमाडौँ, १३ जेठ । पिएसजी क्लबका प्रशिक्षक टचेलले नेयमार तथा एमबाप्पे क्लबमा रहने वा नरहनेबारे आफुले केही भन्न नसक्ने बताएका छन् ।

यस सिजन यी दुई स्टार खेलाडीले क्लब छोड्ने सम्भावना अधिक रहेको बताइएको थियो । टचेलको यो भनाइपछि क्लब छोड्ने विषयमा उनीहरु गम्भिर रहेको बताइएको छ ।

मिडिया रिपार्टका अनुसार एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्न चाहेको छ । तर, केही दिन अगाडि पिएसजीले अझै धेरै जिम्मेवारी दिनेमा आफु पुर्णत विश्वस्त रहेको एमबाप्पेले बताएका थिए ।

सोही कारण पनि उनले क्लब नछोड्ने अनुमान गरिएको थियो । तर, नेयमारका विषयमा क्लबले ठोस निर्णय नलिएको उनले बताएका छन् । खेलाडीहरुबारे क्लबले निर्णय गर्ने र आफुले यसबारे कसम खान नसक्ने उनले बताएका छन् ।

The post ‘एमबाप्पे र नेयमार पिएसजीमा नै रहने कुरामा म विश्वस्त छैन’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles