एजेन्सी, १८ जेठ । स्पेनिश प्रहरीले ४ जना बेलायती नागरिकलाई पक्राउ गरेको छ । आज राति हुन लागेको च्याम्पियन लिग फाइनल हेर्न म्याड्रिड आएका टोटेनह्यामका समर्थकलाई पक्राउ गरिएको हो ।
प्रहरीमाथि नै हातपात गरेपछि ४ जना बेलायतीलाई समातिएको स्पेनिश प्रहरीका प्रवक्ताले जनाएका हुन् । प्रत्यक्षदर्शीका अनुसार लिभरपुल र टोटेमह्यामका समर्थकबीच तनाव सिर्जना हुन लागेपछि प्रहरीलाई खबर गरिएको थियो ।
टोटेमह्यामका समर्थकले लिभरपुलका समर्थकलाई लक्षित गरेर अश्लील शब्द प्रयोग गरेपछि स्थिति तनावपूर्ण भएको थियो । स्थिति नियन्त्रणबाहिर नजाओस् भनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै टोटेनह्यामका समर्थक र प्रहरीबीच झपड भएको समाचारमा बताइएको छ ।
तर प्रहरीले विनाकारण आफूहरुमाथि अन्धाधुन्द लाठीचार्ज गरेको टोटेनह्यामका समर्थकले आरोप लगाएका छन् । आफ्ना ८ वर्षीय छोरा लिएर खेल हेर्न आएका टोटेमह्यामका एक समर्थकल भने, ‘हामीहरु रमाइलो गरिरहेका थियौै तर अचानक २ जना प्रहरी आएर अन्धाधुन्द लाठीचार्ज गरे ।’
लिभरपुल र टोटेनह्यामबीच आज राति हुने खेल हेर्न बेलायतबाट लाखौं दर्शक राजधानी म्याड्रिडमा जम्मा भएका छन् । अहिले म्याड्रिडको सुरक्षा व्यवस्था कडा बनाइएको समाचार माध्यमले जनाएका छन् ।
The post च्याम्पियन्स लिग फाइनल: खेल सुरु हुनुपूर्व प्रहरी र समर्थकबीच झडप appeared first on Sajha Post.