काठमाडौं, १८ जेठ । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको तेस्रो खेलमा श्रीलंका ३० ओभरभित्रै अलआउट भएको छ । न्यूजिल्याण्डको बलिङ सामू निरिह देखिएको श्रीलंकाले २९.२ ओभरमा अलआउट हुँदै केवल १३६ रन जोडेको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको श्रीलंकाका सुरुवाती तीन विकेटको रुपमा लाहिरु थिरिमाने, कुशल मेंडिस, धनञ्जय डिसिल्वालाई न्यूजिल्याण्डका म्याट हेनरीले लिए । हेनरीले आफ्नो पाँचौं ओभरमा कुशल मेंडिसलाई शून्य, कुसल परेरालाई २९ मा प्याभेलियन फर्काए । उनले आफ्नो पारीको दोस्रो बलमा लािहरु थिरिमानेलाई ४ रनमा एलबिडब्ल्यू गरिदिए ।
अरु ब्याट्सम्यानहरु टिक्न नसकेपनि श्रीलंकाका लागि डिमुथ करुणारत्नेले अर्थशतकको पारी खेल्दै अविजित रहे । उनले ८४ बलमा ५२ रन जोडे ।
न्यूजिल्याण्डले पछिल्लो एक वर्षमा १४ वनडे खेल खेलिसकेको छ । त्यसमध्ये उसले ८ खेलमा जित हासिल गरेको छ भने ५ खेलमा पराजय व्यहोरेको छ । त्यसमध्ये एक खेलको नतिजा निस्कन सकेन ।
The post श्रीलंका ३० ओभरभित्रै अलआउट, न्यूजिल्याण्डले पायो १३७ रनको लक्ष्य appeared first on Sajha Post.