Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो

$
0
0

एजेन्सी, १८ जेठ । शनिवार कार्डिफमा भएको  एकदिवसीय विश्वकपअन्तर्गतको तेस्रो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हराएको छ ।

श्रीलंकाले दिएको १ सय ३७ रनको लक्ष्य  न्युजिल्यान्डले १६.१ ओभरमा नै पूरा गरेको हो । न्युजिल्याण्का लागि ओपनर मार्टिन गप्टिलले ७३ र कोलिन मनरोले अविभिज ५८ रन बनाएका थिए । गप्टिलले ५१ बलमा ८ चौका र २ छक्का तथा मनरोले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । श्रीलंकाका बलरहरुले कुनै पनि विकेट लिन सकेका थिएनन् ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंका २९.२ ओभरमा अल आउट हुँदै १ सय ३६ रन मात्रै बनाउन सकेको थियो । श्रीलंकाका ओपनर तथा कप्तान दिमुथ करुणारत्नेले अविजित ५२ रन बनाएका थिए । उनले ८४ बलमा ४ चौका प्रहार गरे । तर अन्य बलर भने न्युजिल्याण्डका बलर अगाडि खासै टिक्न सकेका थिएनन् ।

 

The post न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles