एजेन्सी, १९ जेठ । ब्राजिलका चर्चित फुटबल खेलाडी नेइमारमाथि यौन दुराचर गरेको आरोप लागेको छ ।
ब्राजिलकी एक युवतीले होटेलमा लगेर आफूलाई रक्सीको तालमा जबरजस्ती यौन सम्पर्क गरेको आरोप नेइमारमाथि लगाएकी हुन् । पीडित भनिएकी ती युवतीको नाम प्रहरीले गोप्य राखेको छ ।
पीडित युवतीले हालै उक्त घटनाको विवरण पेश गरेको साओ पोलो प्रहरीले जनाएको छ । तर आरोपबारे नेइमार र उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रहरीसमक्ष पेश गरिएको विवरणमा के छ ?
इन्स्टाग्राममार्फत् पीडित युवती र नेइमारको चिनजान भएको विवरणमा उल्लेख गरिएको छ । विवरण अनुसार पेरिसमा दुबै जनाको भेट भएको थियो । नेइमारले युवतीका लागि ब्राजिलबाट फ्रान्स जाने हवाई टिकट काटिदिएका र पेरिसको एक होटेलमा बस्ने व्यवस्था मिलाएका थिए ।
नेइमार मे १५ का दिन होटेलमा अत्याधिक रक्सी पिएर आएका थिए । दुबै जनाबीच केही समय कुरा भएको र कुराकानीका क्रममा नेइमारले युवतीलाई अँगालो मारेका थिए । तर नेइमारले आफ्नो इच्छाविपरीत यौन हिंसा र सम्पर्क गरेको युवतीको आरोप छ ।
पीडित महिला २ दिनपछि ब्राजिल फर्किएकी थिइन् । युवतीले डरका कारण फ्रेन्च प्रहरीलाई उक्त घटनाबारे केही नभनेको कुरा प्रहरीसमक्ष पेश गरिएको विवरणमा उल्लेख छ ।
The post नेइमारमाथि रक्सीको तालमा जबरजस्ती यौन सम्पर्क गरेको आरोप appeared first on Sajha Post.