Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

$
0
0


काठमाडौं, १९ जेठ । नेपाली फुटबल टोलीले आज मेलेसियासँग मैत्रीपुर्ण खेल खेल्न लागेको छ । मलेसियाकोे बुरीत जालिल रंगशालामा खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट खेल सुरु हुनेछ ।

फिफा बरियतामा आफूभन्दा ७ स्थानमाथि रहेको मलेसियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले विश्वकप छनोटको तयारीका रुपमा मलेसियाविरुद्धको खेललाई लिएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँग नेपाल तयार रहेको र कडा चुनौती दिने बताए ।

कालिन नेपाली टोलीको प्रशिक्षक भएपछि उहाँको प्रशिक्षकत्वमा नेपालले यसपटक दोस्रो चोटी मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि गत चैत्रमा पहिलो पटक नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एकमा हार र एकमा बराबरी गरेको थियो ।

The post मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles