काठमाडौँ, २२ जेठ । यस सिजन रियल मड्रिडको खेलले धेरै फ्यानहरुलाई निराश बनायो ।
प्रशिक्षक जिनेदान जिदानलाई पुनः नियुक्त गरेपछि क्लबले सुधारिएको खेल प्रदर्शन गर्ने अनुमान गरिएको छ ।
यसैलाई आधार मानेर यतिखेर रियल नयाँ खेलाडी अनुबन्ध गर्ने तयारीमा जुटेको छ ।
केही हप्ता अगाडि रियलले लुका जोभिकलाई अनुबन्ध गरेको थियो ।
मिडिया रिपोर्टका अनुसार रियलले लियोनका स्टार खेलाडी फरल्याण्ड मेण्डीलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
मिडिया रिपोर्टका अनुसार उनलाई मार्सेलोको विकल्पमा अनुबन्ध गर्न लागिएको बताइएको छ ।
उनलाई ५० मिलियन युरोमा अनुबन्ध गर्न लागिएको बताइएको छ । उनले सन् २०२५ सम्मका लागि क्लबसँग सम्झौता गरेको बताइएको छ ।
The post फरल्याण्ड मेण्डी रियल मड्रिडमा अनुबन्ध appeared first on Sajha Post.