एजेन्सी, १३ वैशाख । मंगलबार राति भएको प्रिमियर लिगमा लिग लिडर चेल्सीसँग साउह्याम्टन ४-२ गोलले पराजित भएको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा इडिन हजार्डले ५ औ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, २४ औ मिनेटमा ओरिओल रोमेउले बराबरी गोल फर्काए । यस अघिको खेलमा म्यानचेष्टर युनाइटेडसँग २-०गोलले पराजित भएको चेल्सीले निकै सम्हालिएर खेल खेलेको थियो । खेलको४५ औ मिनेटमा ग्यारी कहिलले गोल गर्दै पुनः चेल्सीलाई अग्रता दिलाए ।
दोस्रो हाफ डियोगो कोस्टा चम्किए । उनले ५३ र ८९ औ मिनेटमा थप दुई गोल गरे । खेल सकिन केही समय बाँकी रहदा साउथह्यामटनका लागि रायन बट्र्राण्डले गोल गरे । चेल्सीले यो जितसँगै टोटनह्यामसँगको अंकदुरी पनि बढाएको छ ।
अंक तालिमा ३३ खेल खेलेको चेल्सीको ७८ अंक रहेको छ भने ३२ खेल खेलेको टोटनह्यामको ७१ अंक रहेको छ ।
The post चेल्सीको सामु निरिह बन्यो साउथह्यामटन appeared first on Sajha Post.