Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

मेस्सीको तारिफ हुदाँ रोनाल्डो किन सन्किए ?

$
0
0

एजेन्सी, १३ वैशाख । एल क्लासिकोमा बार्सिलोनाका खेलाडी लियोनल मेस्सीको सानदार खेल प्रदर्शनपछि प्रभावित भएका रियल मड्रिडका प्रशिक्षक जिनेदान जिदानले मेस्सीको प्रशंसा गरेका छन् । उक्त खबर पश्चात रियलका खेलाडी क्रिस्टियानो रोनाल्डो भने जिदानसँग रिसाएको स्पेनिस मिडियाले बताएका छन् ।

जिदानले खेल पश्चात भनेका छन्,‘मेस्सीले टिमको प्रदर्शनलाई परिवर्तन गर्ने क्षमता राख्छन् । आज उनले दुई गोल गरे । यतिमात्रै होइन, हामीले एउटा ठुलो प्रतिस्पर्धीको सामना गर्यौ ।’
स्पेनिस पत्रिका डायरियो गोलका अनुसार जिदानले बार्साको प्रशंसा गरेर गल्ती गरेको रोनाल्डोको बुझाइ छ ।’

बर्नबाउमा भएको खेलमा रियललाई स्तब्ध पार्दै लियोनल मेस्सीले दुई गोल गरेका थिए । यो जितसँगै बार्साले लिग जित्ने सम्भावना देखिएको छ ।

The post मेस्सीको तारिफ हुदाँ रोनाल्डो किन सन्किए ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Latest Images

Trending Articles



Latest Images