Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आज भारत र न्युजिल्याण्ड खेल्दै, यस्तो छ दुई टोलीको इतिहास

$
0
0

काठमाडौं, ३० जेठ । इङ्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुई टोली अहिलेसम्म अपराजित छन् ।

भारत र न्युजिल्याढडबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे नटिङ्घममा शुरु हुनेछ । उपाधिका दावेदार दुवै टोली आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने योजनासहित मैदान उत्रनेछन् ।

३ खेलमा शतप्रतिशत नतिजा निकालेको न्युजिल्यान्ड चौथो खेलमा भारतलाई स्तब्ध बनाउँदै आफ्नो शीर्षता थप बलियो बनाउने लक्ष्यमा हुनेछ । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा श्रीलंकामाथि १० विकेट, बंगलादेशमाथि २ विकेट तथा अफगानिस्तानमाथि ७ विकेटको जित निकालेको थियो ।

दुवै टिम यस मैदानमा दोस्रोपटक आमनेसामने हुँदैछन् । पछिल्लोपटक १२ जुन १९९९ मा न्यूजिल्याण्डले भारतलाई पाँच विकेटले हराएको थियो ।
भारतीय टिम यो खेलमा आफ्नो नियमित ओपनर शिखर धवनबिना नै मैदानमा उत्रनेछ । अष्ट्रेलियाविरुद्ध पछिल्लो खेलमा उनको औंलामा चोट लागेको थियो । धवनको स्थानमा लोकेश राहुललाई रोहित शर्माको साथमा मैदानमा उतार्ने भारतको योजना छ । चौथो नम्बरमा दिनेश कार्तिक र विजय शंकरमध्ये एकलाई मौका दिइनेछ ।

यी दुई टिमले अहिलेसम्म कुल १०६ खेलमा भएको छ । यसमध्ये भारतले ५५ खेलमा र न्यूजिल्याण्डले ४५ खेलमा जिते निकालेको छ । एक खेलमा टाई भयो भने पाँच खेलमा कुनै पनि नतिजा निस्किएन ।

विश्वकपमा भने उनीहरु आठौंपटक आमनेसामने हुँदैछ । यसमध्ये न्यूजिल्याण्डले चारपटक र भारतले तीनपटक जित दर्ता गरेका छन् ।

को-को छन् टिममा ?
भारत : विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेंद्र चहल, शिखर धवन, महेंद्र सिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, भुवनेश्वर कुमार, हार्दिक पांड्या, लोकेश राहुल, मोहम्मद शमी, विजय शंकर, रोहित शर्मा, कुलदीप यादव।

न्यूजील्याण्ड : केन विलियम्सन (कप्तान), रस टेलर, टम ब्लण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, लकी फर्ग्युसन, मार्टिन गुप्टिल, मैट हेनरी, टम लाथम, कलिन मुनरो, जेम्स नीशम, हेनरी निकोलस, मिशेल सैन्टनर, ईश सोढी, टिम साउदी।

The post आज भारत र न्युजिल्याण्ड खेल्दै, यस्तो छ दुई टोलीको इतिहास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles