काठमाडौं, ३१ जेठ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको छ ।
फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । नेपाल यसअघिको वरियताक्रममा १६१औं स्थानमा थियो ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दामाथि भारत १०१औं र माल्दिभ्स १५१औं स्थानमा छन् । त्यस्तै बंगलादेश १८३औं, भुटान १८६औं, श्रीलंका २०१औं र पाकिस्तान २०३औं स्थानमा छन् ।
विश्व वरीयतामा बेल्जियम, फ्रान्स, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल, क्रोएसिया, स्पेन, उरुग्वे, स्वीट्जरल्यान्ड र डेनमार्क क्रमशः पहिलोदेखि दशौं स्थानमा रहेका छन् ।
The post फिफाद्वारा नयाँ वरियता सार्वजनिक, नेपाल ४ स्थान तल झर्यो appeared first on Sajha Post.