काठमाडौँ, १ असार । आज बिहान भएको कोपा अमेरिका कपमा अर्जेन्टिनालाई कोलम्बियाले २-० गोलले पराजित गरेको छ ।
अर्जेन्टिनालाई पहिलो खेलमा नै नमिठो झट्का लागेको छ ।
समुह बीको पहिलो खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेजले खेलको ७१ औँ मिनेटमा सानदार गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ८६ औँ मिनेटमा डुबान जापाटाले कोलम्बियाका लागि दोस्रो गोल गरे । कोलम्बियाको सामु अर्जेन्टिना निरिह देखियो । दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट खेल खेलेको थियो ।
अर्जेन्टिनाका स्टार खेलाडीहरु लियोनल मेस्सी, सर्जियो अगुइरोले गोल गर्ने अवसर कमै प्राप्त गरे । यो जितसँगै कोलम्बियाले महत्वपुर्ण तीन अंक जोडेको छ ।
The post अर्जेन्टिनालाई पहिलो खेलमा नै नमिठो झट्का, फ्यानहरु निराश appeared first on Sajha Post.