Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हारपछि मेस्सी भन्छन्- गुनासो होइन, आगामी जितबारे सोचौं

$
0
0

एजेन्सी, १ असार । आइतबार बिहान कोपा अमेरिका कपमा अर्जेन्टिना कोलम्बियासँग २-० गोलले पराजित भएको छ । कोलम्बियासँग अनपेक्षित हार भएपछि अर्जेन्टिनाका कप्तान  लियोनल मेस्सीले हारबारे गुनासो गर्ने बेला नभएको बताएका छन् ।

मेस्सीले पहिलो खेलमा भएको पराजयबाट निराश हुनुभन्दा आगामी दिनका खेलमा कसरी राम्रो गर्ने भनेर सोच्नु पर्ने बताएका छन् ।’आजको हारबाट केही सकरात्मक कुरा सिकेका छौं र आगामी चुनौती सामना गर्न हामी तयार छौं’, खेललगत्तै मेस्सीले प्रतिक्रिया दिए, ‘यो गुनासो गरेर बस्ने बेला होइन, आगामी खेल कसरी खेल्ने भनेर सोच्ने बेला हो ।’

‘पहिलो खेलमा नै हार व्यहोर्दा अवश्य पनि नराम्रो लाग्छ तर पाराग्वेसँगको खेलमा जित हार पार्न सकियो भने हामी अगाडि जान सक्छौं । त्यसैले आजको हारबाट हामीले शिक्षा लिनुपर्छ’, मेस्सीले थपे ।

पाराग्वे र अर्जेन्टिनाबीचको खेल जुन १९ गते बुधबार हुँदैछ ।

 

The post हारपछि मेस्सी भन्छन्- गुनासो होइन, आगामी जितबारे सोचौं appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles