काठमाडौं, २ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा वेस्ट इण्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।
टाउन्टनमा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रेको वेस्ट इण्जिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि शाइ होपले सर्वाधिक ९६ रन बनाएर आउट भएका थिए । उनले १२१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै उक्त योगफल बनाएका हुन् । होप ४ रनले शतक पूरा गर्न चुकेका थिए ।
त्यस्तै इभिन लुइस र शिमरन हेतमायरले अर्ध शतक पूरा गरेका थिए । लुइसले ६७ बलमा छ चौका र दुई छक्का प्रहार गर्दै ७० रन र हेतमायरले २६ बलमा चार चौका र तीन छक्का हान्दै ५० रनको योगदान गरेर आउट भएका थिए ।
त्यस्तै जेसन होल्डरले १५ बलमा चार चौका र दुई छक्कासहित ३३ रन, निकोलास पूरनले ३० बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाएर आउट भए ।
डारेन ब्रेभोले १५ बलमा दुई चक्कासहित १९ रन बनाएर आउट भए भने ओशेन थोमस ११ बलमा ६ रन बनाउँदै अविजित रहे । तर आजको खेलमा क्रिस गेल र आन्द्रे रसेलको ब्याट चल्न सकेन । गेल १२ बल र रसेल २ बलमा कुनै रन नजोडी आउट भएका थिए ।
बंगलादेशका लागि मुस्तफिजुर रहमानले मोहम्मद शैफुदिनले सर्वाधिक ३/३ विकेट लिएका थिए । शकिब अल असनको /२ विकेट रह्यो ।
The post वेस्ट इण्डिजद्वारा बंगलादेशसामु ३२२ रनको लक्ष्य, होप शतक पूरा गर्न चुके appeared first on Sajha Post.